बालकुमारी घटनाविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु शनिबार प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापा, शोम शर्मा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर