मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न साढे २ बजे बैठक बोलाइएको हो ।

बैठकमा दोषी पत्ता लगाएर कारबाहीका विषयमा निर्णय गर्ने बुझिएको छ । कोरिया भाषा परीक्षामा रोक लगाएपछि हिजो घटनाले बीभत्स रूप लिएको थियो । हिजो भएको प्रदर्शनमा २ जनाको मृत्यु समेत भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई राहतस्वरूप दस लाख रुपैयाँ प्रदान गर्ने तयारी गरिएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर