बालकुमारी घटनाबारे बालुवाटारमा उच्चस्तरीय छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा हिजो दुईजना कोरिया भाषाका युवकको मृत्यु भएको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज शनिबार बिहान प्रधानमन्त्रीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिए।

छलफलमा प्रधानमन्त्रीले घटनाको छिटो र निष्पक्ष छानबिन गर्न निर्देशनसमेत दिए । घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले हिजोनै नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन माग राखेर युवाले हिजो प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर