मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौं । केही दिनदेखि उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर