बालकुमारी घटना सरकारको अनुत्तरदायी कदम : ओली

काठमाडौं । नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनालाई लिएर बल प्रयोग समस्याको समाधान नभएको टिप्पणी गरेका छन् । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको ओलीको भनाइ छ ।

“बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो । बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ । घटनाको तत्काल छानविन गरी दोषीलाई कारबाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !,” शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई युवाको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर