सर्वोच्चद्वारा जनयुद्ध दिवसको विदा खारेज

काठमाडौँ  । जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो ।

संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर