इपिएस परीक्षाको फारम भर्न रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं ।  उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू इच्छुक सबैलाई इपिएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले तर्कबहादुर पललगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचनाबमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ आदेशमा भनिएको छ,‘.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर