आक्रोशित युवाले मन्त्री ज्वालाको गाडी जलाए

काठमाडौं । इपिएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् । बालकुमारी–सातदोबाटो सडकमा मन्त्री ज्वालाको गाडी गइरहेकोमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका असन्तुष्ट उनीहरूले सडक कब्जामा लिएर आगो लगाएका थिए । अहिले उक्त क्षेत्र तनावग्रस्त छ ।

इपिएस कोरिया शाखाले सीप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् । सीप बिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर