गौशालामा अपहृत बालिकाको भक्तपुरबाट उद्धार

काठमाडौं । भक्तपुरमा अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि उद्धार भएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौं महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि खोजी थालिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त टोलीले ३६ घण्टापछि हिजो बिहीबार भक्तपुरबाट ती बालिकाको उद्धार गरी अभिभावकलाई बुझाएको हो ।

बालिका अपहरणको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर