मौसम : काठमाडौंमा चिसो घट्दै, देशभर आंशिक बदली रहने

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो घटुने क्रम जारी छ । केही दिनदेखि बढिरहेको उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः ४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस रहेको छ । हिजो बिहीबार उक्त समयमा उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।

गत पुस ५ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४‍‍.५ डिग्री सेल्सियसम्म झरेको थियो। त्यसयता क्रमशः बढ्दै अहिले उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियभन्दा माथि पुगेको हो। यसैगरी हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक(दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ। शुक्रबार दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश आंशिक बदली रहने छ। शनिबार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर