शुक्रबारका लागि विदेशी मुद्राको दर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको दर सार्वजनिक गरेको छ। आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ। आजको लागि १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ३७ पैसा तोकिएको छ। आज १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७७ पैसा छ। १ युरोको खरिद दर आज १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा तय भएको छ। बिहीबार १ युरोको बिक्री दर १४७ रुपैयाँ ७५ पैसा थियो।

त्यसैगरी बिहीबार बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको १ पाउण्डको बिक्री दर आज १७० रुपैयाँ ६१ पैसा तोकिएको छ। १ पाउण्डको खरिद दर आज १६९ रुपैयाँ ८५ पैसा तोकिएको छ। त्यस्तै कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ। त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिद र ९० रुपैयाँ ७६ पैसा र बिक्री दर    ९१ रुपैयाँ ४२ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर