प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी कटौती

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण ओएनएम स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन लागिएको छ। ’अब त्यहाँका कर्मचारी अन्यत्र खट्ने छन्’, उनले भनिन्, ’यो निर्णयसँगै प्रधानमन्त्री कार्यालयको पुनर्संरचना पनि सुरु भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर