प्रमुख हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राखे

काठमाडौं । धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राखेका छन् । संघीय सरकार अर्थात् केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन् ।

पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गर्दै आइरहेका थिए । साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

प्रमुख साम्पङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर