नेप्सेमा १.९३ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार ६८ दशमलब ९० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी, मनकामना इन्जिनियररिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कमपनी, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र सोनापुर मिनिरल्स एण्ड वेल कम्पनी रहेका छन् । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको १४ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर