फाइनलमा पुग्न पोखरा र ललितपुर बीच प्रतिस्पर्धा

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् । 

पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई हराउँदै फाइनल प्रवेशको सम्भावना सुरक्षित बनाएको थियो ।

यो खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ । 

एनएसएलको यो संस्करणको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।

गत संस्करणमा विजेता बनेको काठमाडौँले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर