म्यान्चेस्टर सिटी र चेल्सी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा बुधबार राति म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

तालिकाको शीर्ष चारमा फर्किनेक्रममा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हरायो । सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे । एभर्टनका ज्याक ह्यारीसनले खेलमा पहिलो गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । चेल्सीका जितमा मिखाइलो मुड्रिकले पहिलो गोल गरे भने नोनी माडुकेले पेनाल्टीमार्फत दोस्रो तथा निर्णायक गोल गरे ।

यसबिचमा प्यालेसका ओलिसेले एक गोल गरेका थिए । गएराति भएको अर्को खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सले ब्रेन्टफोर्डलाई ४–१ ले हरायो ।

बुधबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रोमा छ ।

तेस्रो स्थानको एस्टन भिल्लाको ३९ अंक छ भने ३७ अंकसहित म्यान्चेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ । २५ अंक मात्रै जोडेको चेल्सी तालिकाको दशौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर