भक्तपुर क्षेत्र नम्वर २ को क्षेत्रिय सम्मेलन पौष १४ गते

भक्तपुर । नेपाली काँग्रेसको भक्तपुर क्षेत्र नम्वर २ को क्षेत्रिय सम्मेलन पौष १४ गते हुने भएको छ ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर २ ले आज पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गर्ने जानकारी गराएको छ । सम्मेलनको बन्द शत्रमा ६ सय ८ जना क्षेत्रीय प्रतिनिधी र पर्यवेक्षक गरि ८ सय जनाको सहभागिता रहने क्षेत्र नम्वर २ का सभापति भेषबहादुर कार्कीले जनाकारी गराए ।

सम्मेलनमा विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी तथा बागमती प्रदेशका सभापति इन्द्र बानिया रहने पत्रकार भेटघाटमा बताईएको छ । कार्यकममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेष बहादुर कार्कीले राजनैतिक प्रतिवेदन, सचिव इश्वर खड्का र सविन ढुङ्गेलले साङ्गठनिक प्रतिवेदन तथा कोषध्यक्ष धर्मभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन। ती प्रतिवेदनहरु माथि सहभागिहरु बिच छलफल गरी पारित गर्ने र सम्मेलनको घोषणपत्र जारी गरी समापन गरिने जनाईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर