सुवालले गरे भैरवनाथ मन्दिर व्यवस्थापनार्थ ७,७७,००० को अक्षय कोष स्थापना

भक्तपुर । भक्तपुरको पाँच तल्ले मन्दिर टौमढी टोलस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको व्यवस्थापनार्थ अक्षय कोष स्थापना गरिएको छ ।

मन्दिरको व्यवस्थापनमा आर्थिक समस्या देखिएपछि दाता कृष्णबहादुर सुवाल, पूर्णमाया सुवाल र धर्मपिता कान्छा सुवालका पुत्र शिवराम सुवालले सात लाख सतहत्तर हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त कोषका लागि चेक रकम टौमढी क्लबका अध्यक्ष शिवराम भुजुको विशेष पहलमा भैरवनाथ मन्दिरका मूल नाइके लक्ष्मीभक्त होमोसु र पुजारी कृष्णभक्त छुँकालाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर