पत्रकार किसी सम्मानित

काठमाडाैं । ज्यापु दिवसको अवसरमा भक्तपुरका वरिष्ठ पत्रकार कृष्ण किसी सम्मानित भएका छन् ।

२० औं राष्टिय ज्यापु दिवसकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन् ।

ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवसकाे ११४४ को अवसर पारेर मंगलबार राजधानीको बसन्तपुरमा भव्य समारोहका साथ उनलाई सम्मान गरिएको हो ।

उनलाई ज्यापु युवा प्रतिभा (सञ्चार)बाट पुरस्कृत गरिएको हो । उनीसहित पत्रकारिताबाहेक अन्य विभिन्न विधाहरुमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर