आज काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटरमा आज काठमाडौँ रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

लिग चरणका खेलहरू सकिएपछि शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । जसमा पोखरा थण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो । यस सिजनको फाइनल खेल शनिबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर