इजरायली प्रधानमन्त्री नेतान्याहु युद्धग्रस्त क्षेत्र गाजामा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धग्रस्त क्षेत्र गाजाको भ्रमण गरेका छन् । भ्रमणकै क्रममा उनले हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने दाबी गर ।

सैन्य अभियान बिना हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइ सम्भव नभएको भन्दै उनले युद्ध लडेरै बन्धक रिहा गर्ने ठोकुवा गरे ।

सोही क्रममा आफना पार्टीका सदस्यहरुलाई जानकारी गराउँदै गाजामा सैन्य अभियान समाप्त नहुने भन्दै आगामी दिनमा आक्रमणलाई थप तीब्रता दिने जानकारी गराए । हमास बिरुद्धको युद्ध लम्बिने बताउँदै प्रधानमन्त्री नेतान्याहुले युद्ध कुनै पनि हालतमा नरोकिने दाबी समेत गरे ।

यता इजिष्टले भने दुइपक्षबीच युद्धविरामको प्रस्ताव पुन अघि सारेको छ । हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइका लागि युद्धविराम जरुरी रहेको भन्दै इजिष्टले युद्धविरामको प्रस्ताव अघि सारेको हो ।

यद्दपी दुवै पक्षले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा २० हजार ६ सय बढीको मृत्यु भइसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर