आज सोमबार सुनको मूल्य स्थिर

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि  स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर