रुखमा झुण्डिएको अवस्थामा आमा छोरा मृत फेला

काठमाडौँ ।  प्यूठानमा आमा छोरा मृत फेला परेका छन् । झिमरुक गाउँपालिका ३ पिपलारुख भन्ने स्थानमा आमाछोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् ।  घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर