बससँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको विपी राजमार्गस्थित खुर्काेट नेपालथोक खण्डमा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिकास्थित बोहोरेटारमा रामेछापको मन्थलीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरित दिशातर्फ गइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलका चालक खाेटाङ तुवाचुङ-२ का सुसन राई र मोटरसाइकलमा सवार खोटाङ दिक्तेल– १० की १८ वर्षीया मुनाकला राई रहेको जनाइएको छ । उक्त दुर्घटनापछि आक्रोशित समुहले बसमा आगजनी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर