खोया हान्नेलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई खोया हान्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अघि नबढाउन गरेको आग्रहलाई कास्की प्रहरीले अस्वीकार गरेको छ।

लामिछानेलाई शनिबार पोखरामा खोया हान्ने लमजुङका सन्तोष रानाभाटविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पेश गरेर १० दिन म्याद थपेको हो।  पोखराको अमरसिंह चोकमा शनिबार रास्वपाको सभालाई सम्बोधनका क्रममा लमजुङको राइनासका रानाभाटले लामिछानेमाथि खोयाले हानेका थिए। लामिछानेले  कास्की प्रहरीलाई भनेका थिए, ‘रानाभाटलाई नथुन्नु, फूलकाे थुङ्गा दिएर घर पठाउनू।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर