काभ्रेमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार मध्यान्ह १२ बजेको समयमा पनौती नगरपालिका– १ बुढापोखरीबाट पर्खालचौर तर्फ आउँदै  गरेको बा ४१ प २५३२ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट तल खसेको हो ।

दुर्घटनामा स्कुटर चालक स्थानीय ४५ वर्षका मङ्गलबहादुर श्रेष्ठको घट्ना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटनामा स्कुटरमा सवार सोही स्थानका ३० वर्षका कुमार श्रेष्ठ घाइते हुनुभएको छ । उनलाई उपचारको लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएको छ । घाइते कुमारको टाउकोमा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर