सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।

सन्दीपमाथि २०७९ भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सन्दीपमाथि सुरुमा प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले २०७९ कात्तिक १४ गते काठमाडौँ अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो । सन्दीपविरुद्ध मुद्दाको पेसी पटक पटक सर्दैआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर