प्रभासको सलारले दुई दिनमै कमायो २५० करोड

काठमाडौं ।  तेलगु सिनेमा ‘सलार’ले दुई दिनमा नै २५० करोड भारु कमाएको छ । शुक्रबार रिलिज भएको यो फिल्मले पहिलो दिनमा नै विश्वव्यापी प्रदर्शन मार्फत १७८ करोड जम्मा गरेर सुखद व्यापारको सुरुवात गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतमा मात्र नै यो सिनेमाले पहिलो दिनमा ९५ करोडको व्यापार गरेको थियो । यसले अमेरिकामा समेत राम्रो व्यापार गरेको छ । त्यहाँ यसले यो वर्षकै उत्कृष्ट व्यापार गर्‍यो ।

प्रशान्त नीलद्वारा निर्देशित र प्रभासद्वारा अभिनीत यो सिनेमामा पृथ्वीराज, श्रुति हसन लगायतको पनि अभिनय रहेको छ । यसले यसै हप्ता ५०० करोड क्लबमा आफ्नो नाम दर्ता गराउने भारतीय बक्स अफिसका विश्लेषकहरूले अनुमान लगाएका छन् । यो सिनेमाले जैलेर, जवान र लिओ जस्ता व्यापारिक दृष्टिले सफल मानिएका सबै सिनेमाको रेकर्ड ब्रेक गर्ने अनुमान लगाइएको छ । लगभग १५० करोडमा निर्माण गरिएको यो सिनेमाको दोस्रो दिनको कमाइमा अघिल्लो दिनको भन्दा लगभग ६० प्रतिशतले कमी आउँदा भने कतै यसले अहिले सोचिएजस्तो व्यापारलाई निरन्तरता दिन नसक्ने पो हो कि भन्ने आशङ्का समेत बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर