भक्तपुरमा सई मृत भेटिए

काठमाडौं ।  भक्तपुरमा एकजना प्रहरी निरीक्षक (सई) आफ्नै घरमा मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका-८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाडौँ दरबन्दी भई कार्यरत रहेका सई उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरले जनाएको छ । घटनाबारेमा अनुसन्धान सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर