सुनको भाउ एक सय रुपैयाँले बढ्यो

काठमाडौं ।  सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रबार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । शुक्रबार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर