स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा सभेल्लिालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अंक भए पनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो ।

रियल मड्रिड र जिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्ला भने १६ अंकसहित १५ औं स्थानमो छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो ।

मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंक लिन सफल भयो । एथ्लेटिको मड्रिड ७० औं मिनेटमा १० खेलाडीमा झरेको थियो । कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका  कारण भारको  सहयोगमा रातो कार्ड दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर