रातो आलु ऊर्जाको अखण्ड स्रोत, जान्नुस् यसका फाइदा

काठमाडौं । आलु विश्वभरी नै सर्वाधिक खाइने खाद्य पदार्थ मध्येको एक हो । आलु मा क्यालोरी अत्यधिक हुन्छ, तर पनि आलु धेरै पौष्टिक हुन्छ । आलु मा फ्याटको मात्रा कम हुन्छ भने यो भिटामीन सीको राम्रो स्रोत हो । आलूमा अत्याधिक पोटाशियम हुन्छ तर आलूमा सोडियम र कोलेस्ट्रल नहुनु राम्रो कुरा हो । यदि तपाईँ आलुको बढी भन्दा बढी फाइदा लिन चाहनु हुन्छ भने अन्य आलुभन्दा रातो आलु खानु उपयुक्त हुन्छ । रातो आलुले छालाको रंग सुन्दर बनाउँछ । रातो आलुमा विभिन्न पोषक तत्व पनि हुन्छ । रातो आलु कार्बोहाइड्रेट, प्रोटीन, फाइबर, भिटामिन सी, पोटाशियम, आइरन तथा म्याग्नेशियमको राम्रो स्रोत हो ।

पाचन राम्रो

ऊर्जाको स्रोत रातो आलुमा ३४ ग्राम कार्बोहाइड्रेट हुन्छ । ३४ ग्राम कार्बोहाइड्रेट मध्ये तीन ग्राम फाइबर हुन्छ । आफूमा भएको फाइबरका कारण लामो समयसम्म भोक लाग्दैन । यसो हुँदा पाचनमा पनि सहयोग पुग्छ । कब्जियत र पखालाबाट बचाउँछ । त्यस्तै कोलेस्ट्रल र ब्लड शुगर कम गर्छ ।

ब्लड प्रेशर नियन्त्रण

रातो आलु पोटाशियमको राम्रो स्रोत भएकाले ब्लड प्रेशर नियन्त्रण गर्नका लागि रातो आलुको सेवन अत्यधिक फाइदाजनक मानिन्छ । यदि तपाईँ पनि ब्लड प्रेशरका रोगी हुनुहुन्छ भने रातो आलु आफ्नो खानामा समावेश गर्न सक्नु हुन्छ ।

तनाव कम

रातो आलुमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो भिटामिनले मानसिक स्थिति ठीक राख्न सहयोग पुर्याउँछ । यदि तपाईँ पनि तनाव, डिप्रेसनमा रहनु हुन्छ भने आफ्ना भोजनमा रातो आलु समावेश गर्न आवश्यक छ ।

प्रतिरोधक क्षमता बलियो

रातो आलु भिटामिन सीको राम्रो स्रोत मानिन्छ । भिटामिन सीले शरीरको प्रतिरोधक क्ष्ँमता बलियो हुन्छ । रातो आलु खानाले प्रतिरोधक क्षमता बलियो हुन्छ र रुघा-खोकि ज्वरोजस्ता समस्याबाट शरीरलाई टाढा राख्न सहयोग पुर्याउँछ ।

ऊर्जावान

रातो आलु कार्बोहाइड्रेटको राम्रो स्रोत मानिन्छ । कार्बोहाइड्रेटले भरिपूर्ण कुरा खानाले शरीरमा शक्ति उत्पन्न हुन्छ । विहानको समयमा रातो आलु खानाले दिनभरी शरीर ऊर्जावान रहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर