एनएसएल : बुटवलको कठिन जित

काठमाडौँ । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।

बुटवलको जितमा चन्दनकुमार दासले निर्णायक गोल गरे । उनले इन्जुरी समयमा एरिक विष्टको पासमा गोल गर्दै टोलीलाई जिताए । जितसँगै लिगको सुखद अन्त्य गरेको बुटवलले आठ खेलबाट १० अङ्क बनायो । हारसँगै वीरगन्ज प्लेअफ दौडबाट बाहिरिएको छ । वीरगन्जले समान खेलबाट आठ अङ्क बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर