१२ देखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक बन्द हुने

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय परिवर्तन भएको छ । परिवर्तित कार्यतालिका अनुसार मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि सडक बन्द गर्न लागिएको हो । यसअघि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने नभिएको थियो ।

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको छ ।  साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर