प्रधानमन्त्री पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले पुस १० गते म‌गलबार राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ” यही पुस १० गते मेरो प्रधानमन्त्रीत्वको कार्यकाल १ वर्ष पूरा हुन्छ । १० गतेको दिन नै राष्ट्रका नाममा सम्बोधन गर्नेछु र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता गरेको छु” ।

प्रधानमन्त्री प्रचण्डले एक बर्षमा के गर्ने भनी प्रतिबद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए ।

मन्त्रालयले गरेका कामहरूबारे अहिले आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धताअनुसारका काम नगर्ने मन्त्रालयहरु पनि रहेको भन्दै त्यस्ता मन्त्रालयमा मन्त्री हेरफेर गरिने उल्लेख गरे । “मन्त्रीहरूलाई बोलाएर के–के काम भएको छ भनेर जानकारी लिएको छु। केही मन्त्रालयमा प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्”, उनले भने, “ढत्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेछु ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर