सुआरेज इन्टर मियामीमा अनुबन्धित

काठमाडौं ।  उरुग्वेका फरवार्ड लुइस सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) टोली इन्टर मियामीमा अनुबन्धित भएका छन् । उनले लियोनल मेस्सीसँगै खेल्ने भएका छन् ।

बार्सिलोनामा रहँदा मेस्सी, नेयमारसँगै सुआरेजले आयाक्स, लिभरपुल, एट्लेटिको म्याड्रिडलगायतका क्लबबाट पनि खेलिसकेका छन् । मेस्सी र सुआरेजले बार्सिलोनाबाट ६ सिजनमा सहकार्य गरेका थिए । त्यसबेला चार वटा लिग उपाधि, चार वटा स्पेनिस कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सुआरेजले आफ्नो करियरमा ४ सय ५० भन्दा धेरै गोल गरेका छन् । उनी उरुग्वेका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले राष्ट्रिय टोलीबाट १ सय ३८ खेलमा ६८ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर