मौसम : आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहनेछ । देशका अरु ठाउँमा बदली भएको मौसममा भोलिदेखि हल्का सुधार हुने अनुमान छ ।

काठमाडौंमा पनि अहिले मौसम बदली नै देखिएको छ । हिजोभन्दा आज न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले बढेको छ । हिजो ५ दशमलव ६ डिग्री रहेको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद् गोविन्द झाका अनुसार केही दिनयता काठमाडौं  उपत्यकाको न्यूनतम तापक्रम एक/दुई डिग्री तलमाथि भइरहेको छ । केहीदिन यस्तै अवस्था रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर