महिला क्रिकेटमा बागमतीमाथि कोशीको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् ।

टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९ औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन् । ४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

१८ औं ओभरको अन्तिम बलमा अप्सरी बेगम क्याच आउट भइन् । अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । बागमतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको बागमतीले २० ‌ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका यशोदा विष्टले ४१ र अस्मिना कर्मचार्यले २४ रन बनाएका थिए । कोशीका सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए । कोशीले हिजो बिहीबार आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर