चलचित्र ‘महाजात्रा’को छायांकन ४६ दिनमा सकियो

काठमाडौं । चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका कार्यकारी निर्देशक रवीन्द्र सिंह बानिया हुन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलतापछि षट्कोण आर्ट्सले ‘महाजात्रा’ निर्माण गरेको हो ।

‘महाजात्रा’ले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गर्ने बताइएको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमा चैत ९ गते प्रदर्शन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर