चलचित्र ‘राजमहल’को निर्माण घोषणा

काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सबिन कुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।

सिम्रन पन्त र मिस पविले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु हुनेछ । न्युजिल्यान्डमा पनि छायांकन हुनेछ । ७० प्रतिशत छायांकन नेपालमा हुनेछ ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ छन् । गातार दोश्रो हार हो । गण्डकी भने आफ्नो पहिलो खेलमा हिजो लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर