प्रधानमन्त्री नयाँ धक्का दिने तयारीमा, त्यसपछि क्रमभंग हुने विश्वास

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ क्रमभंग गर्ने गरी काम थाल्ने बताएका छन्। सुनसरीस्थित इनरुवा सब-स्टेशन उद्घाटनका क्रममा  शुक्रबार सम्बोधन गर्दै दाहालले अब नयाँ रुपमा अघि बढ्ने बताए। दाहालले मुलुकमा केही नभएको भनेर जनतालाई निराश बनाउने भाष्य तयार पारिएको पनि बताए। अब त्यसलाई चिरेर अघि बढ्ने गरी सरकारले काम गर्ने पनि उनले बताए।

‘मुलुकमा एउटा भाष्य बनाइँदैछ, जनतालाई निराश पारिँदैछ, अँध्यारो मात्रै छ, जनता बस्न लायक छैन भनिँदैछ’, उनले भने, ‘यो नकारात्मक भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षड्यन्त्रबाट सजग रहन सबैलाई अपिल गर्छु।’

उनले अब जनतामा विश्वास जगाउने गरी काम गर्ने बताए। ‘अब सरकारले केही गर्दैछ भन्न् विश्वास जनतामा जगाउनुछ’, उनले अगाडि भने, ‘सरकारको कार्यकाल एक वर्ष पुगेपछि एक धक्का दिने योजना छ। त्यसपछि नयाँ क्रमभंग हुनेछ। सरकारको कामले पनि नयाँ गति लिनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर