बालबालिका यौनजन्य कार्यमा लगाउने एकजना पक्राउ

काठमाडौं । बालबालिका यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–६ घर भइ टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् ।

बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो ।

उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटल/गेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर