धनुषाको हंसपुरमा दुई समूहको विवादमा एक वृद्धको मृत्यु

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको मृत्यु भएपछि तनावपूर्ण वातावरण सिर्जना भएको छ । स्थानीयवासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढासमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए ।

स्थानीयवासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै दुई वटा मोटरसाइकल पनि जलाएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेकोमा गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ ।

हिजो बेलुका दुई समूहको विवाद हुँदा मिलाउन पुगेका ६५ वर्षीय दीपनारायण मण्डल (दीपा) माथि नै कुटपिट भएको र उनको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक अवाले बताए । यो घटनालाई लिएर स्थानीय वासिन्दा आक्रोशित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर