इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजले जित्यो टी-२० सिरिज

काठमाडौं । इंग्ल्यान्ड र वेस्टइन्डिज बिचको ५ खेलको टी-२० सिरिज वेस्टइन्डिजले ३-२ ले जितेको छ। बिहीबार राति भएको अन्तिम खेलमा वेस्टइन्डिजले इंगल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्लयान्ड १९.३ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो। उसका लागि फिल साल्टले ३८ रन बनाउँदा लियम लिभिङस्टोनले २८ तथा मोइन अलीलले २३ र साम कुरानले १२ रन बनाएका थिए।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा गुडकेश मोटाईले ३ तथा आन्द्रे रसेल, जेसन होल्डर र अकिल होसेइनले समान २-२ विकेट लिए।

१ सय ३३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि साइ होपले ४३ रनको अविजित इनिङ खेल्दा सर्फेन रुथफोर्डले ३० तथा जोनसोन चार्लेसले २७ रन बनाए।

त्यस्तै, निकोलस पुरनले १० रनको योगदान दिएका थिए। इंग्ल्यान्डका लागि रेस टोप्ली र अदिल रसिदले २-२ विकेट लिंदा क्रिश वक्स र साम कुरनको नाममा १-१ विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर