सुनको सिक्री लुट्ने युवक पक्राउ

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री लुटेर भागेका युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोक बस्ने वर्ष २७ का सुमन परियार रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पुस ४ गते राति करिब १२ बजे पोखरा-९ महेन्द्रपुलमा एक युवकको घाँटीमा लगाइरहेको सिक्री सुमनले लुटेर भागेका थिए । उनले पोखरा २७ जरुवाका २९ बर्षीय हेमन्त पुनको घाँटीबाट सिक्री लुटेका थिए ।

सिक्री लुटिएको सूचना पाएलगत्तै प्रहरी खटिएर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट लुटिएको सिक्रीसमेत बरामद भएको छ । उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर