क्रिस्टल प्यालेस र ब्राइटनको बराबरी

काठमाडौँ  । इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस र ब्राइटनले बिहीबार १–१ को बराबरी खेलेका छन् । ड्यानी बेलब्याकले खेलको ८२ औं मिनेटमा हेडबाट गोल गरेपछि ब्राइटन एक अंक बटुल्न सफल रहेको हो । यसअघि प्यालेसले जोर्डन एवेको गोलले अग्रता लिएको थियो । यो नतिजापछि ब्राइटन १८ खेलबाट २७ अंकसहित आठौं स्थानमा उक्लिन सफल रह्यो । प्यालेस भने १८ खेलबाट १८ अंकमै १५ औं स्थानमा रहेको छ ।आफ्नो घरेलु मैदानमा प्यालेसको प्रदर्शन पछिल्लो समय उच्च रहेको छैन् र उसले यो सिजन घरमा एकै जित मात्र निकाल्न सकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर