मन्त्री किराँतीको पुत्ला दहन

काठमाडौं ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरुले आज साँझ काठमाडौंको चावहिलमा पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् । मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित अभिव्यक्ति दिएको भन्दै उनीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधानविरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर