एसइईमा ग्रेडिङ सिस्टम लागू गरिँदै, विद्यार्थीले कम्तीमा ३५ अंक ल्याउनैपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने बताएका छन् ।

नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा अध्यक्ष शर्माले २०८० मा एसइई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गरे । शर्माका अनुसार एसइईमा अब नन ग्रेड (एनजी) अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा “नन ग्रेड” हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।

यसअघि बोर्डले एसइईको नतिजा नन ग्रेडेड नगरी प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसइईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर