सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिए। राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर