अस्पतालको स्तरोन्नति गर्दै बागमती प्रदेश सरकार

काठमाडौं ।  बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मंगलाबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई १ सय शय्यामा स्तरोन्नति गरिने उनले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६ सय ६९ जना कर्मचारीको  संगठन संरचना स्वीकृत गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई ५०–५० शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताए । उनले प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ (प्राविधिकसहित) कर्मचारीको संगठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय समेत गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर